न्यायाधीश न्यौपानेको इजलासमा शरणार्थी प्रकरणका १६ अभियुक्तको बयान शुरु


१२ जेष्ठ २०८०, शुक्रबार
khad top

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तहरुको बयान लिन शुरु भएको छ । शुक्रवारबाट पक्राउ परेका १६ जनाको बयान लिन शुरु हुने भएको हो ।

उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाबिरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकणका अभियुक्तको बयान सुरु भएको हो । अभियुक्तहरुलाई थुनामा पठाउने कि थुनाबाहिर राख्ने भन्ने आदेश गर्नुअघि इजलासको फाँट नं २५ मा यो मुद्दाका अभियुक्तको बयान लिन थालिएको हो ।

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झण्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ ।

प्रकरणमा १६ जना पक्राउ गरिएको छ । उनीहरूलाई अदालतमा बयान गराइनेछ । १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतबिरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७