पीएसजीले जित्यो फ्रान्सेली लिग वनको उपाधि


१४ जेष्ठ २०८०, आईतवार
psg

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार कीर्तिमान ११ औं पल्ट फ्रान्सेली लिग वानको उपाधि जितेको छ । लियोनल मेसीको गोलको मद्दतले पीएसजीले स्ट्रसबर्गसँग १–१ बराबरी खेल्यो र यो नै उसलाई फ्रान्सेली च्याम्पियन बनाउन पर्याप्त रह्यो ।

मेसीले गरेको सुरुआती गोलपछि केभिन गमेरियोले स्ट्रसबर्गका लागि बराबरी गोल गरे । यो नतिजापछि लिगमा एक चरणको खेल बाँकी छँदा पीएसजीले चार अंकको निर्णायक अग्रता लिएको छ । यसै क्रममा पीएसजीले सन् १९८१ मा सेन्ट इटेनले बनाएको १० लिग उपाधिको कीर्तिमानलाई उछिनेको हो । पीएसजीले पछिल्ला ११ सिजन लिग जितेको नवौं पल्ट हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७