जग्गाको कित्ताकाट फुकुवा


१५ जेष्ठ २०८०, सोमबार
prakash sharan mahat scaled

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् ।

सोमबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाँट खुला गरेको बताए।

केही समयदेखि कित्ताकाट रोकिएको थियो। अर्थतन्त्रलाई चलाएमान गराउने योजनासहित सरकारले कित्ताकाँट खुलाएको हो।

आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्ष ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७