फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन : सयौं गाडी र भवन जलाइयो

८७५ आन्दोलनकारी पक्राउ, २४० बढी घाइते


१६ असार २०८०, शनिबार
230630085620 02 france shooting gallery

काठमाडौं । फ्रान्सको राजधानी पेरिसको उपनगरमा गएको मंगलबार एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन चर्किएको छ ।

हिंसात्मक प्रदर्शनका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाइएको छ । प्रदर्शनका क्रममा २४० जना प्रहरी घाइते भएका छन् । अहिलेसम्म ८ सय ७५ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका गृहमन्त्री जेरार्ड डार्मानिनले बताएका छन् ।

हिंसाको तेस्रो दिन एकै रातमा ६६७ जना पक्राउ परेका गृहमन्त्री डार्मानिनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । नाहेल एमलाई मंगलबार बिहान पेरिस उपनगरमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए । उनको ज्यान गएपछि हिंसा भड्किएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७