एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको निधन


२३ असार २०८०, शनिबार

पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष अध्यक्ष खिमानन्द पाण्डेय ‘कमल’ को निधन भएको छ । बनासकाली गाउँपालिका–१ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातको कारण शुक्रबार निधन भएको हो । खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो ।

उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए । स्वड. पाण्डेको पार्थिव शरीरलाई शनिबार बिहान ८ बजेदेखि तानसेन टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७