सांसद प्रभू साहको प्रश्न : बस भाडा तोक्ने, वकिलको शुल्क चाँहि किन नतोक्ने ?


३१ असार २०८०, आईतवार
prabhu sha 1

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले वकिलहरूले चर्को शुल्क लिने गरेको भन्दै नियमन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आज (आइतबार) को वैठकमा उनले भने, ‘न्यायको पैरवी गर्ने, बहस गर्ने, अरुमथि प्रश्न उठाउने वकिलहरूलाई कानुन लाग्छ कि लाग्दैन ?’

उनले वकिलहरू जवाफदेही हुनुपर्ने बताए । उनले भने, ‘वकिलहरूले मनपरि फिस लिने गरेका छन् । वरिष्ठ वकिलले ५ देखि १० लाखसम्म लिएको देख्छौँ । गरिवले वरिष्ठ वकिल राख्न नसक्ने भएको छ ।’

‘नेपालमा बस भाडा पनि सरकारले नियमन गरिरहन्छ । एउटा फ्याक्ट्रीका उत्पादन पनि सरकारले नियमन गरिरहेको हुन्छ भने वकिलहरुले बहसमा कति पैसा लिने ? लेखनमा कति पैसा लिने ? परामर्शमा कति पैसा लिने ? त्यसको न्युनतम र अधिकतम पैसा तोक्न पर्ने हो कि होइन ? यसको बारेमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस्’ सांसद साहले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७