बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो


४ श्रावण २०८०, बिहीबार
Gold 1
सांकेतिक तस्वीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ठूलो परिमाणको सुनको तौल जोख्न र शुद्धता जाँच गर्न राष्ट्र बैंक लगिएको छ । राजस्व अनुसन्धान विभागले सो सुन बरामद गरेको थियो ।

अहिले सो सुन जोख्न र शुद्धता जाँच गर्न राजस्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा लगेको हो । सो सुन एक क्वीन्टल रहेको अनुमान छ । तर यकिन तौल जोखेपछि पुष्टि हुनेछ । यो प्रकरणमा एक जना भारतीयसहित ६ जना पक्राउ परिसकेका छन् । सुन तस्कर गिरोहबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७