सय किलो सुन बरामद प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति


४ श्रावण २०८०, बिहीबार
bhansar bibhag

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको करिब एक सय किलो सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको सूचना अधिकारी पूण्यविक्रम जानकारी दिए ।

विभागका निर्देशक समेत रहेका प्रवक्ता खड्काले भने, ‘अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । यस प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । तर भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो ।’

प्रवक्ता खड्काका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्‍याएको करिब १०० किलो सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ६ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७