सन्दीप लामिछाने गरे आइपिएलमा डेब्यू (हेर्नुहोस् लाइभ)


२९ बैशाख २०७५, शनिबार
sandeepa Lamichhane dildil

काठमाडौं, २९ वैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) छानिने पहिलो नेपाली क्रिकेटर बनेको सन्दिप लामिछानेले शनिबार डेब्यु गर्ने भएका छन् । दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्र्जस बैंग्लोरको खेलको प्लेइङ गरेमा उनको नाम पनि परेको छ । । सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका हुन् ।

sandeepa Lamichhane dildil

फिरोज शाहा कोटला रंगशालामा सन्दीप आबद्ध दिल्ली डेयर डेभिल्सले अहिले ब्याटिङ गरिरहेको छ जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो । सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए ।

भिडियाे लाइभ यहाँ हेर्नुहाेस्

दिल्ली आइपिएलको यस श्रृंखलामा सबैभन्दा पुछारमा छ । कूल ६ अंकसहित अन्तिम स्थानमा रहेको दिल्लीले ११ खेल खेलिसकेको छ । दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ । यस सिजनमा दिल्ली प्लेअफमा पर्न संघर्षरत छ । उसको गणितिय हिसाबले प्लेअफमा पर्ने सम्भावन अझै जिवितै छ । यसका लागि उसले आगामी खेलहरूमा फराकिलो जित हासिल हात पार्नुपर्ने छ ।

भारतीय प्रधानमन्त्री सन्दीपको लिए
नेपालको दुईदिने भ्रमणमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द मोदीले सन्दीप लामिछानेको नाम लिएका थिए । उनको नाम लिएसँगै सन्दीप खेल्ने मौका पाएका छन ।

Narendra mod and sandeep lamichane

दिल्ली टीममा रहेर मैदानमा प्लेइङ ११ नपर्ने खेलाडिमा जयन्त यादव, मन्जोत करला, जुनियर डाला, सायन घोष रगुरुक्रित मन्न सिंह रहेका छन् । सन्दीप आजको खेलमा बल्ला मौका पाएका छन् ।

जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो । उनी दिल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा सन्दीपले दिल्ली डेयरडेभिल्सको पहिलो रोजाइमा परेका हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७