देवेन्द्र पौडेलको प्रश्न : सदन प्रतिपक्षीको मात्रै हो भनेर कहाँ लेख्या छ ?


२३ श्रावण २०८०, मंगलवार
Debendra poudel

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसद जनताबाट निर्वाचित भएका प्रतिनिधिहरूको साझा संस्था भएको बताएका छन् । प्रतिनिधिसभामा जनताका मुद्दाहरू लगातार उठिरहुन पर्ने पौडेलको भनाइ छ ।

आज (मंगलबार) को संसद बैठकमा पौडेलले भने, ‘यो सदन हामी सबैको हो । कुनै पनि नियमावली र कार्यविधिमा यो सदन प्रतिपक्षीको मात्रै हो भनेर लेखिएको छैन ।’

उनले शिक्षकले पढाउन, डाक्टरले उपचार गर्न छाडे के हुन्छ भन्दै सांसदहरूले सदन चल्न नदिए के हुन्छ भनेर प्रश्न गरे । उनले लगातार सदन अवरुद्ध गर्ने विषय राम्रो नभएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७