प्रचण्ड भन्दा अघि किन चीन भ्रमणमा गए माओवादी केन्द्रका महासचिव गुरुङ ?


२५ श्रावण २०८०, बिहीबार
prachanda dev gurung

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा निस्किएका छन् । आज (बिहीबार) उनी तिब्बत एयरलाइन्सको विमानबाट चीन भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको बन्दोबस्ती गर्न उनी त्यसतर्फ गएका हुन् । प्रधानमन्त्री प्रचण्डले सम्भावित एजेण्डाबारे छलफल गर्न उनलाई चीन पठाएको स्रोतले जानकारी दिएको छ ।

सेप्टेम्बरको तेस्रो साता प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् । तर प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क समेत जानेछन् । सोही बेला चीन भ्रमणसमेत परेकाले व्यवस्थापनको चाँजोपाँजो मिलाउन महासचिव गुरुङ चीन गएको स्रोतको भनाइ छ । यसअघि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा चीन भ्रमणका गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७