रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना


३ भाद्र २०८०, आईतवार
Luna 25 1024x703 1

काठमाडौं । रुसको चन्द्रमिसन लुना–२५ फेल भएको छ । चन्द्रमामा उत्रिनुअघि नै लुना २५ दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चन्द्रमाको सतहसँग ठोक्किएर चन्द्रयान ध्वस्त भएको जनाइएको छ । सो यान २१ अगस्टमा चन्द्रमामा उत्रिने समय तय भएको थियो । यसअघि शनिबार सो यानमा प्राविधिक समस्या आएको बताइएको थियो । यो मानवरहित चन्द्रयानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्ड गर्नुपर्ने थियो । तर यो यान चन्द्रमाको कक्षमा प्रवेश गर्नासाथ समस्या आएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७