पाल्पामा गुडिरहेको स्कर्पियोमाथि खस्यो पहिरो, पाँच जना घाइते

पाल्पा । पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियोमाथि जोर्तेको उकालोमा पहिरो खसेको हो । घटनामा जीपमा सवार पाँच जना घाइते भएका छन् ।
पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाएको छ ।