‘म्यानमार साइबर स्क्याम’को अड्डा, चिनियाँ प्रहरीसँग मिलेर २६९ जना पक्राउ


२० भाद्र २०८०, बुधबार
Cyber china myanmar 1693980613

काठमाडौं । म्यानमारमा आधारित साइबर स्क्याम अथवा ठगीमा संलग्न २०० भन्दा बढी संदिग्धहरूलाई चिनियाँ प्रहरीसँगको सहकार्यमा पक्राउ गरिएको छ ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले मंगलबार दुवै देशबीचको सबैभन्दा ठूलो संयुक्त कारबाहीमा साइबर ठगहरुलाई पक्राउ गरिएको बताएको हो । उत्तरी म्यानमारमा रहेका ११ वटा साइबर ठगीका अड्डा वा केन्द्रबाट २६९ जनालाई पक्राउ गरिएको छ । तीमध्ये १८६ चिनियाँ नागरिक भएको बताइएको छ ।

पक्राउ पर्नेमध्ये २१ जनाले एक करोड ६५ लाख अमेरिकी डलर बराबरको ठगीमा मुख्य भूमिका खेलेको बताइएको छ । म्यानमारको स्थानीय सार्वजनिक सुरक्षा बल र चीनको युनान प्रान्तको सिशुआंगबन्ना दाइ स्वायत्त क्षेत्रको प्रहरीले सीमापार कानुन प्रवर्तन संयन्त्रमार्फत आइतबार अपरेसन चलाएको थियो ।

म्यानमारमा आधारित गिरोहलाई उखेल्ने चीनको प्रयासमा यो पछिल्लो यो अपरेसन हो । म्यानमारबाट खास गरी चिनियाँ नागरिक बारम्बार ठगीको निशानामा पर्ने गरेको बताइन्छ । यो गिरोहले अन्य मानिसहरुलाई लगानीको योजना, प्रेम वा रोजगारीको प्रलोभनमा पारेर त्यहाँ बाोलाएर फोन अपरेटर, कम्प्युटर प्रोग्रामर र अन्य काममा लगाएर ठगी गर्ने गरेको बताइएको छ । गत महिना चीनले म्यानमार, थाइल्यान्ड र लाओससँग सहकार्य गरेर साइबर अपराध नियन्त्रण गर्ने प्रतिवद्धता गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७