रौतहटमा चक्कु प्रहार गरी युवकको हत्या, कारण पुरानो विवाद


३० भाद्र २०८०, शनिबार
death
सांकेतिक तस्वीर

रौतहट । रौतहटमा आपसी विवादलाई लिएर एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ । शुक्रबार राति धारिलो हतियार चक्कु प्रहारबाट कटहरिया नगरपालिका– ५ निवासी सुनिलराय यादवको हत्या भएको हो । चक्कु प्रहारपश्चात् गम्भीर घाइते भएका यादवको स्थानीय मेडिकलमा उपचारको लागि लगिएकोमा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता तथा डिसपी दामोदर केसीले जानकारी दिए।

चक्कु प्रहार गरेको आरोपमा सोही स्थानका रामबाबु साह सोनारलाई पक्राउ गरिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुबै जनाबीच पुरानो बिबाद रहेको बुझिएको डिएसपीले केसीले बताएका छन् । सोनारलाई प्रहरी हिरासतमा राखी घटनाको बारेमा थप अनुसन्धान भइ रहेको केसीले जानकारी दिए ।

यस्तै रौतहटकै फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
नगरपालिकाको सन्तपुर चौकमा ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले ट्रकका चालकलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चालकको वीरगञ्जमा उपचार भइरहेको तथा चालकलाई कुटपिट हुँदा सो क्रममा केही प्रहरी समेत घाइते भएको प्रहरी प्रवक्ता केसीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७