काठमाडौँ राष्ट्रिय नाचघरमा आज गणेश रसिक एकल साँझ


६ आश्विन २०८०, शनिबार
ganesh rashik
फाइल फोटो

सरोज राई

काठमाडौँ । काठमाडौँको राष्ट्रिय नाचघरमा आज (शनिबार) गणेश रसिक एकल साँझ हुँदैछ । दिउँसो ३ बजेपछि हुने कार्यक्रमको उज्यालो रेडियो नेटवर्कसँगै एनटीभी प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।

दिउँसो ३ बजेदेखि शुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म चल्ने जनाइएको छ । कार्यक्रममा किरण प्रधान, सूर्य थुलुङ, शम्भु राई, ठूले राई, सुनिता सुब्बा, सत्यकला राई, झुमा लिम्बू, साजन रार्य, रुपक चौधरी, सञ्जय तुम्रोक, दुर्गा परियार, श्रेयसी चेम्जोङ लगायतले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् ।

381562684 6667284310030817 7151992204311574646 n 3fWD48gNOK 1

मौलिक लोककला र साहित्यको प्रवर्द्धनसँगै गाउँका युवालाई पर्यटन व्यवसायसँग सम्बन्धित सीपमूलक तालिम दिलाउन आवश्यक कोष खडा गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजक छिनामखु समाज काठमाडौँले जनाएको छ ।
भोजपुरको छिनामखुमा जन्मिएका गणेश रसिकको संगीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् । उनका कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा पुस्तक पनि प्रकाशित छन् । उनले संगीत र साहित्यमा फरक पहिचान बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७