ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद


१४ आश्विन २०८०, आईतवार
gold 1
सांकेतिक तस्वीर

दोलखा । दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरबाट आज (आइतबार) ढुङ्गामुनि लुकाएको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गएको बुधबार राति तीन किलो र शुक्रवार चार किलो सुन बरामद भएको थियो । योसँगै दोलखाबाट पछिल्लो पाँच दिनमा ११ किलो सुन बरामद भएको छ । गएको बुधवार र शुक्रवार बरामद भएको तस्करीको सुनको अनुसन्धान गर्दै जाँदा आज थप चार किलो सुन भेटिएको प्रहरीको भनाइ छ ।

चीनसँगको फलेक नाका बन्द भए पनि यो सुन फलेक नाकाबाटै तस्करी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुँदै आएकोमा अब तस्करहरूले दोलखा र रसुवाका विभिन्न नाका प्रयोग गर्न थालेका प्रहरीले जनाएको छ । गएको भदौ र यो असोज महिनामा गरी रसुवाबाट पनि चार किलो सुन बरामद भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७