नेपालगञ्ज तनाव : मोवाइल नेटवर्क तत्काल बन्द गर्न राप्रपा सांसदको माग


१६ आश्विन २०८०, मंगलवार
Dhawal samsher rana 11696318570

काठमाडौं । राप्रपाका संसद धवल शमशेर रणाले बाँकेको नेपालगञ्जमा बढेको तनाव नियन्त्रणमा लिन सरकारसँग आग्रह गरेका छन् ।

आजको संसद बैठकमा उनले नेपालगञ्जमा दुई समुदायबीच बढेको तनावले कर्फ्यु लागेकाले हिंसाको घटना तुरुन्तै नियन्त्रण गर्न आग्रह गरे । उनले साइबर अपराधले द्वन्द भएको बताउँदै दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् । उनले नेपालगञ्जवासीलाई शान्ति कायम राख्न पनि अपिल गरेका छन् ।

‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको छ । चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् । हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु’, उनले भने, ‘देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु ।’

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच हिंसा भड्किन सक्ने देखिएकाले स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ । गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्‍याली आयोजना गरेको थियो । मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको न्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७