एमाले सांसद बाँस्कोटाको प्रश्न : म अनसन बस्नुपर्ने हो ?


१६ आश्विन २०८०, मंगलवार
Gokul baskota

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अनसन बस्ने चेतावनी दिएका छन् । धुलिखेलदेखि खावासम्मको बाटो नबनेको भन्दै उनले संसदमा अनसन बस्ने चेतावनी दिएका छन् ।

संसद बैठकमा उनले भने, ‘अरनिको राजमार्गको नाम बदलियोस् । मान्छे कच्याककुचुक अन्तर्राष्ट्रिय राजमार्ग राखियोस् । सम्बन्धित मन्त्रालयको ध्यान जाहोस् । म अनसन बस्नुपर्ने हो ?’ बाटोका कारण ४१२ जनाको हातखुट्टा भाँचिएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७