हिंसा सुरु गरेको दिन उत्सव मनाउन सकिँदैन, जनयुद्ध दिवसको बिदा फिर्ता हुनुपर्छ : ओली


१६ आश्विन २०८०, मंगलवार
kp sharma oli1696320285

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न सरकारलाई माग गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आगामी मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध दिवसमा बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरे । ‘फिर्ता गरिनुपर्छ । त्यो स्वीकार्य छैन,’ उनले भने, ‘फिर्ता गर्नु भएन भने युद्ध त्याग्नु भएको छैन भन्ने स्पष्ट हुन्छ,’ उनले भने । हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउन बिदा दिनु कुनै हालतमा स्वीकार्य नहुने उनले बताए । शान्ति प्रक्रियाको काम सक्नुभन्दा पनि पीडितलाई रुवाउने र नुनचुक थप्ने काम गरिरहेको आरोप उनले लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७