प्रहरीले गोली हानेका घलान अवैध सुन लुट्ने गिरोहका नाइके, अरु दुई जना पनि पक्राउ

सात राउण्ड गोलीसहित पेस्तोल र मोटरसाइकल बरामद


२५ आश्विन २०८०, बिहीबार
lutera KIMvhZIXWc

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर नियन्त्रणमा लिएको व्यक्ति सिन्धुलीका अमर घलान रहेको खुलेको छ ।

उनलाई कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहीबार गोली हानेर नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

ktm goli ZARsoiD1Hh

उनी विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइके भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनले विभिन्न ठाउँमा गोली नै चलाएको खुलेको प्रहरीको दाबी छ । प्रहरीको गोली लागेर घाइते भएका घलानको अत्तरखेलको एनएमसी मेडिकलमा उपचार भइरहेको छ ।

उनको साथबाट प्रहरीले मेडइन यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद भएको प्रहरीको दाबी छ । प्रहरीले घलानसँगै सर्लाहीका ३६ वर्षीय शान्त लामा र सिन्धुपाल्चोकका ३० ववर्षीय जितेन लामालाई नियन्त्रणमा लिएको छ । उनीहरूले चलाएको दुईवटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त समूहले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको पाइएको छ । यही सूचनाका आधारमा आफूहरुले पिछा गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए ।

‘उनीहरुले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको सूचना हामीले पाएका थियौं। त्यसपछि हामीले पिछा गरिरहेका थियौं’ राठौरले भने, ‘आज पक्राउ गर्दा पनि उनीहरुसँग लुटपाटमै प्रयोग गर्ने सामानहरु बरामद भएको छ। प्रहरीले पेस्तोल र सनासोसँगै अन्य लुटपाटका कपडाहरु पनि उनीहरुको झोलाबाट बरामद गरेको छ ।’ तीन वटा मोटरसाइकलमा रहेका ६ जनाको समूहलाई प्रहरीले पिछा गरिरहेको थियो । त्यो थाहा पाएपछि उनीहरुले पेस्तोल निकालेको प्रहरीको भनाई छ। आफूलाई पेस्तोल ताकिसकेपछि जवाफी फायर गरेको राठौरले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७