खाद्यले थाल्यो खसी–बोका बिक्री (तस्बीरहरू)


३० आश्विन २०८०, मंगलवार
Goat ktm dashain 2 scaled

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (मंगलबार) देखि खसी–बोका बिक्री शुरु गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने ज्यूँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ ।

यस्तै ज्यूँदो च्याङ्ग्राको मूल्य १,२६० रुपैयाँ प्रतिकिलो कायम रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् ।
खाद्यले खसी बोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ ।

छुटसहितको खसी बोका तथा च्याङ्ग्रा कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री भइरहेको छ । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको हो ।

Goat ktm dashain 1
Goat ktm dashain 3
Goat ktm dashain 4
Goat ktm dashain 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७