कलाकारहरुले यसरी लगाए दसैंको टीका (तस्वीरहरु)


७ कार्तिक २०८०, मंगलवार
1 1698133499 2

काठमाडौं । आज विजया दशमीका दिन बिहानैबाट मान्यजनको हातबाट टीका र जमारा लगाएर आशिर्वाद लिइँदैछ । नेपाली कलाकारहरुले पनि आज मान्यजनबाट टीका लगाएर दसैं मनाएका छन् ।

1 1698136489

टीका र जमरा लगाएपछिको तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् । कलाकार दीपाश्री निरौराले जन्मथलो विराटनगर पुगेर दसैं मनाएकी छिन् । उनले परिवारसँग दसैं सेलिब्रेट गरेको तस्विर सेयर गरेकी छिन् ।
कलाकार मदनकृष्ण श्रेष्ठले पनि परिवारका साथ टीका लगाएर विजया दशमी मनाएका छन् । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि दसैंको टीका लगाइरहेको तस्वीर शेयर गरेका छन् ।

2 1698133570

उनले आफूभन्दा ठूलाबाट टिका ग्रहण गर्दै छोरा अनमोल केसीलाई टीका लगाइदिएका छन् । अभिनेत्री ऋचा शर्माले पनि काठमाडौंस्थित घरमै परिवारसँग दसैं मनाएकी छिन् । श्रीमान र छोरासँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै उनले दसैंको शुभकामना दिएकी छिन् ।

3 1698133569

त्यस्तै, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले परिवारसँग दसैं मनाएको तस्वीरहरु फेसबुकमा राखेका छन् । कलाकार केदार घिमिरे (माग्ने बुढा) ले ९८ वर्षकी हजुरआमाको हातबाट टीका लगाएका छन् । हजुरआमासँग टीका लगाएको फोटो शेयर गर्दै उनले शुभकामना दिएका छन् । गायिका समीक्षा अधिकारीले आफ्नो घर पोखरा पुगेर दसैं सेलिब्रेट गरेकी छिन् । उनले परिवारसँगको फोटो राख्दै दसैंको शुभकामना दिएकी छिन् ।

dipika

कलाकार जितु नेपालले पनि ८८ वर्षको आमाको हातबाट टीठका लगाउँलै दसैं मानेका छन् । श्वेता खड्काले पनि श्रीमान र छोरीहरुसँगको दसैं मनाएकी छिन् । अभिनेत्रीद्वय दिपिका पसाई र नीता ढुंगानाले पनि टीका र जमरा लगाएर दसैं मनाएको तस्वीरहरु फेसबुकमा सार्वजनिक गरेका छन् । त्यस्तै कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, कलाकार निर्मला शर्मा, निर्माता तथा निर्देशक सन्तोष सेन लगायतले पनि दसैं मनाएको फोटोहरु शेयर गरेका छन् ।

sitaram 1
samikshya 1698134414
bh
394518979 10159730401597335 2012613522723959742 n
391616069 7040537692677300 2304548941860714201 n
394730729 909282177222671 2212402173138317466 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७