पारा एशियाड : पलेशाले जितिन् ऐतिहासिक काँस्य


७ कार्तिक २०८०, मंगलवार
palesha

काठमाडौं । पलेशा गोवर्धनले चीनको हाङचउमा भइरहेको चौथो पारा एशियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांँस्य पदक दिलाएकी छिन् । नेपालले पारा एशियाली खेलकुदमा पदक जितेको यो नै पहिलो पटक हो ।

पलेशाले महिला ५७ केजी मुनि के ४४ मा काँस्य जितेकी हुन् । उनले क्वार्टर फाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरेकी थिइन् र यससँगै उनको पदक निश्चित भएको हो । सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी डोसमालोभा कामिलियासँग १६–१० ले पराजित भइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७