ओलीको आग्रह : निषेधको राजनीति छाडौं, लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बनौं


१७ कार्तिक २०८०, शुक्रबार
SS MALEKHU 20231103204724 IMG 0973 scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताएका छन् ।
प्रथम सल्यानटार कृषि प्रदशनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै सबै पार्टीहरुले पुरानो शैली छाड्न आवश्यक भएको बताए ।

उनले भने, ‘निषेधको राजनीति छाड्न जरुरी छ । लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थ्यता रोजेको होइन । हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन । हामीले सामाजिक सद्भाव र एकता रोजेको हौं । म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानामन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु । उहाँले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७