बलात्कार आरोपमा १३ बर्षीय बालक पक्राउ


२५ कार्तिक २०८०, शनिबार
Rape 2

बैतडी । एक बालिकामाथि कुकर्म गरेको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन् ।

पक्राउ परेका ती बालकले ८ वर्षीया बालिकामाथि कुकर्म गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई कुकर्म गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७