ऋण र ब्याज तिर्न पर्दैन भन्ने अराजकतालाई छुट दिन सकिँदैन : प्रधानमन्त्री


५ मंसिर २०८०, मंगलवार
Prachanda niji chhetra 1 scaled

काठमाडौं । अर्थतन्त्रको संकट समाधानका उपायबारे निजी क्षेत्रसँग आज (मंगलबार) सिहंदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिन सक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताएका छन् ।

उनले केही सूचक सकारात्मक भए पनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए । तर यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोशिस गरिरहेको उनले बताए ।

‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरु, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’ सहकारी, लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानको उपाय खोज्नुपर्ने उनले बताए । प्रचण्डले अगाडि भने, ‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन् । त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७