राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता


२९ मंसिर २०८०, शुक्रबार
nirbachan aayog

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन आज (शुक्रबार) सम्ममा १२ दलले निवेदन दिएको आयोगले जनाएको छ ।

जसमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।

आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७