वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु


२ पुष २०८०, सोमबार
reghq 1702870199

काठमाडौँ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दस घण्टा लामो सैन्य आक्रमण गरेको थियो । यसैबीच इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्म नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिको क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ ।

आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्युएएफएकाअनुसार अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि कम्तीमा २९६ प्यालेस्टाइनीहरू वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७