देशको पछिल्लो अवस्थाबारे राष्ट्रपतिसँग छलफल गर्न प्रधानमन्त्री शितलनिवासमा


३ पुष २०८०, मंगलवार
rastapati pm 1702963811
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज (मंगलबार) बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । संसद्को अधिवेशन बोलाउनेलगायत सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेका हुन् । राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाका एक महिला सदस्यको पदावधि समेत सकिन लागेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्य सत्ता गठबन्धनको भागबण्डामै हुने भए पनि राष्ट्रपतिले समेत चासो राखेका छन् । राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका विभिन्न निकायले गर्नुपर्ने जनपक्षीय कामको बारेमा समेत सरोकार राखिरहेका छन् । प्रधानमन्त्रीमार्फत उनले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७