एनसेलविरुद्ध अमरेशको मुद्दाकाे सुनुवाइ न्यायाधीश राउतको इजलासमा


३ पुष २०८०, मंगलवार
ncell amresh 1

काठमाडौँ । सर्वोच्च अदालतमा डेढ हप्तादेखि पालो कुरिरहेका प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहको एनसेलविरुद्धको रिट निवेदनमा आज (मंगलबार) सुनुवाइ शुरु भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ सुरु भएको हो ।

यस गत साताभरि हेर्न नभ्याइनेमा पर्दै आएको एनसेलविरुद्धको मुद्दामा आज बल्ल पालो आएको हो । एनसेलको शेयर खरिद बिक्री प्रकरणविरुद्ध रिट निवेदन दर्ता भएर पेशी चढेर पनि आफ्नै कानुन व्यवसायीले स्थगित गर्दा र अदालतले हेर्न नभ्याउँदा एकसाता सम्म मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो ।

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै प्रतिनिधिसभाका सदस्य सिंह आफैले रिट निवेदन दर्ता गराएका हुन् । यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ । एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भइसकेको छ ।

उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भइसकेको छ । रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर दर्ता गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७