छोरीलाई जोडेर झुटो कुरा उछाल्नु ‘सिष्टम’ विरुद्धको हमला : प्रधानमन्त्री


३ पुष २०८०, मंगलवार
prachanda 2 4
तस्वीर : प्रदीपराज वन्त /रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो परिवारमाथि प्रश्न उठाएर आफूलाई ‘डिप्रेस’ बनाउन खोजेको टिप्पणी गरेका छन् । आज (मंगलबार) राज्य व्यवस्था समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नी नातिको विवाहसँग जोडेर आएका कुराहरू आफूलाई डिप्रेस बनाउनका लागि भएको बताए ।

कतिपयलाई प्रचण्डलाई डिप्रेस नबनाएसम्म व्यवस्था नउल्टिने भन्ने सोँचले प्रश्न उठाएको उनले बताए । ‘परिवारको सदस्य घट्दै गएर तीन जना भएका छौं । एउटा छोरी छ । उसलाई जोडेर उछालेको छ,’ उनले भने, ‘यो सिष्टम माथिको हमला हो । प्रचण्डलाई डिप्रेस नबनाएसम्म सिष्ट उल्टिदैन भन्ने छ ।’

यस्तै एनसेल कर छली गरेको प्रकरणमा प्रधानमन्त्री प्रचण्डको संलग्नता भन्ने विषयमा पनि उनले सम्बोधन गरेका छन् । अहिले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका सतिशलाल आचार्यलाई आफूसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत चिनेको बताएका छन् ।

आफ्नी श्रीमती बिरामी हुँदा सिंगापुर लग्दा उनले हेरचाह गर्न सघाएको पनि उनले बताए । चिने पनि उनले जे गरे पनि छुट नदिइने बताए । ‘मेरो श्रीमती बिरामी हुँदा सिंगापुर गएको हो, बसेको छु । केपी पनि बस्नु भएको छ । शेरबहादुर पनि बस्नु भएको छ,’ उनले भने, ‘तर यसको अर्थ उसले जे गर्छ छुट दिने होइन । राष्ट्रको निमित्त हामी एक छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७