मन्त्री फेरेर भए पनि परिणाम दिने गरी काम गर्छु : प्रधानमन्त्री


६ पुष २०८०, शुक्रबार
PradeeprajOnta KTM RSS 06 6F8A70142 scaled

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोरङको मिक्लाजुङ– ५ मा आफू नेतृत्वको दल नेकपा (माओवादी केन्द्र) ले आज (शुक्रबार) आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘’प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छु,’ उनले भने । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले जनाए ।

उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
पथरी शनिश्चरेमा रहेका सुकुमबासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७