ग्लोबल आइएमई बैंक १२ करोडसम्म घर कर्जा दिने


७ पुष २०८०, शनिबार
global

काठमाडौँ । ग्लोबल आइएमई बैंकले १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा यो योजना सार्वजनिक गरेको जनाएको छ ।

यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् ।

बैंकले ग्राहकलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले कागजातहरु पेश गरेको ३ कार्य दिनभित्र बिना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ । ग्राहकले देशैभरका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७