सिद्धान्त र वादको लडाईंले मलामी पनि भाडामा खोज्न पर्ने अवस्था आयो : रवि लामिछाने


७ पुष २०८०, शनिबार
Rabi Lamichhane RSP
फाइल फोटो

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब जिन्दावाद र मूर्दावादले मुलुकलाई निकास नदिने बताएका छन् । आज (शनिबार) बिहान कास्कीमा प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले सिद्धान्त र वादको लडाईंले मलामी पाउनका लागि भाडामा मान्छे ल्याउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख हुन् ।

उनले देशमा कसैले भविष्य देख्न नसकेको र बाहिरिने क्रम जारी रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘कुनै समय थियो जसले ठूलो स्वरले जिन्दावाद र मूर्दावाद भन्न सक्यो त्यति ठूलो नेता बन्थ्यो । तर अहिले जिन्दावाद र मूर्दावाद युग रहेन । अब कसले राम्रो नीति बनाउन सक्छ, त्यो नेता बन्ने युग आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७