सुन प्रकरण : अनुसन्धान टोलीले पाएन विमानस्थलको तीन महिनाको सीसीटीभी रेकर्ड


८ पुष २०८०, आईतवार
su

काठमाडौं । त्रिभुवन विमानस्थलको तीन महिनाको सीसीटीभी फुटेज नै गायब पारिएको पाइएको छ । सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले गठन गरेको समितिको प्रतिवेदनमा तीन महिनाको फुटेज नै गायब गरिएको उल्लेख गरिएको छ ।

पटक–पटक गरी मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले गरी जम्मा १३८ किलो सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई बाहिर ल्याउने निष्कर्ष समितिले निकालेको छ । समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टीभी फुजेट माग गरेको थियो ।

तर विमानस्थलले त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको र २१ दिनको मात्रै फुटेज उपलब्ध गराएको हो । मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज पाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७