सिन्धुलीमा बसको ठक्करबाट एकको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध


९ पुष २०८०, सोमबार
accident

सिन्धुली । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोसी–३ मा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

‘एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन्’, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरन्जिवी दाहालले भने, ‘मृतकको पहिचान हुन बाँकी छ ।’ मृतकका आफन्तले अहिले उक्त सडकखण्डमा अवरोध गरेको डीएसपी दाहालले जानकारी दिए । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७