कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


१३ पुष २०८०, शुक्रबार
congress
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) पनि बस्ने छ । हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पुस १३ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो ।

हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकमा जानकारी गराएका छन ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखिसकेका छन । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७