बालकृष्ण खाँण थुनाबाट निक्लेपछि पहिलो पटक पुगे पार्टीको बैठकमा


१३ पुष २०८०, शुक्रबार
Balkrishna khand

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण थुनाबाट निस्किएपछि पहिलो पटक पार्टीको बैठकमा सहभागी भएका छन् । बिहीबारबाट सुरु भएको कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनी शुक्रबार गएका हुन् । बिहीबारको बैठकमा भने उनी उपस्थित भएका थिएनन् ।

शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा खाँण केन्द्रीय कारागार सुन्धारमा थिए । उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने या नगर्नेबारे बहससमेत भएको थियो ।

कांग्रेस संस्थापन पक्षले अडानले उनको निलम्बन रोकिएको थियो । त्यस्तै, बैठकमा कांग्रेसका संस्थापनइतर समूहका नेता तथा केन्द्रीय सदस्य शेखर कोइराला भने गएका छैनन् । उनी पूर्वी नेपाल पाँचथर लगायतका जिल्लामा हुने पार्टीका विभिन्न प्रशिक्षण तथा कार्यक्रमहरूमा व्यस्त छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७