काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागे थुनुवा


१८ पुष २०८०, बुधबार
adalat ktm1641982934

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् । आज (बुधबार) प्रहरी वृत्त महाराजगञ्जले ३२ वर्षीय कमल खड्कालाई अदालत लग्दा फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ । उनी ठगी मुद्दा प्रतिवादी हुन् । उनी कसरी भागेको भन्ने प्रहरीले खुलाइसकेको छैन । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियो । फरार खड्काको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७