बैंक र वित्तीय संस्था ‘सामन्ती’ बनेको भन्दै जनकपुरमा उद्योगी–व्यापारीको प्रदर्शन


२९ पुष २०८०, आईतवार
Jamakpur

जनकपुर । उद्योगी व्यापारीले जनकपुरधाममा बैंकहरूविरुद्ध विरोध प्रदर्शन गरेका छन् । पीडित उद्योगी व्यवसायी संघर्ष समितिले आज (आइतबार) विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरूविरुद्ध प्रदर्शन गरेको हो । बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनकचोकबाट पीडित उद्योगी व्यवसायी संघर्ष समितिले निकालेको र्‍याली राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो ।

बैंकहरूको चर्को ब्याजदरविरुद्ध आफूहरू आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीले बताएका छन् । धर्नामा बोल्दै संघर्ष समितिका संयोजक सुधीर पञ्जियारले नेपालीहरूलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरूसँग आग्रह गरे ।
उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदा पनि चुप लागेर बस्नुपर्ने काम अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आरोप लगाए । उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक लिलाम नराख्नुका साथै कालोसूचीमा नराख्न माग गरे । उद्योगी व्यापारीका माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पञ्जियारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७