थानकोट–चित्लाङ सडक तत्काल मर्मत गर्न सरकारलाई एमालेको ध्यानाकर्षण


२ माघ २०८०, मंगलवार
mahesh

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक तत्काल मर्मत प्रक्रिया अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

उक्त सडक स्तरीकरणका लागि मंगलबार भौतिक पूर्वाधार तथा यातायात सचिव केशवप्रसाद शर्मा, संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल र सडक डिभिजन कार्यालयका प्रमुख नारायण भण्डारीलाई भेटेर ध्यानाकर्षण गराएको बर्तौलाले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सरकारले आवश्यक बजेट नदिएका कारण ऐतिहासिक महत्वको यो सडकको अवस्था अत्यन्तै कष्टकर बनेको छ । आजको छलफलपश्चात् तत्काल कार्यान्वयन गर्ने गरी केही निर्णयहरूसमेत गर्न लगाएको छु । उहाँहरूले कार्यालयको तर्फबाट तत्काल काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’

भेटमा सडकको तत्काल मर्मत प्रक्रिया अगाडि बढाउने तथा सडकछेउका जोखिम स्थानहरूमा सुरक्षा वाल राख्न तत्काल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्राप्त भएको सचेतक बर्तौलाले बताएका छन् । उक्त सडकखण्डमा शनिबार कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाएका थिए । यो सडकखण्ड त्यसवेला बनेको थियो, जतिवेला उपत्यकामा मानिसले बोकेर गाडी भित्र्याउँथे । इतिहास लामो रहे पनि यो सडकखण्ड अझै अस्तव्यस्त र धरापपूर्ण छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७