सरकारलाई रास्वपाको प्रश्न : दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालेको हो ?


२ माघ २०८०, मंगलवार
raswapa

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आज (मंगलबार) सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरेकी छन्।

उनले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिब १० हजार ७५५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताइन् । उनले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताइन् ।

नेपाल प्रहरीका अनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्याङ्क आफूले पाएको पनि बताइन् । ज्ञापन पत्र बुझ्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए । उनले सरकारले समस्याको समाधान गर्ने गरी काम गरिरहेको बताए । उनले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७