सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमण : कम्तीमा नौं जनाको मृत्यु


५ माघ २०८०, शुक्रबार
isreal war

काठमाडौं । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौं जनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीवार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा नौं जनाको मृत्यु भएको जनाइएको छ ।

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।
सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको गएको छ । जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७