गणतन्त्रमा राजा लेख्ने कार्य संविधानविपरीत : प्रदेश मन्त्री श्रेष्ठ


७ माघ २०८०, आईतवार
ganga
फाइल फोटो

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधान विपरीत भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पारे । उनले भने, ‘राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएकामा त्यसलाई सकारात्मकरुपमा लिएको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७