सप्तरीमा प्रहरी र जनमत कार्यकर्ताबीच झडप : मधेसका शिक्षामन्त्री र तीन सांसद घाइते


८ माघ २०८०, सोमबार
jhadap 1

सप्तरी । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमलाई जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि प्रहरीमाथि नै आक्रमण हुन थालेपछि अवस्था तनावग्रस्त भएको हो ।

प्रहरीसँगको झडपममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्य सतिश सिंह, रञ्जु खंगलगायत घाइते भएका छन् । झडपा परेर मन्त्री यादवको नाकमा चोट लागेको छ । प्रहरीले भने सामान्य धकेलाधकेल भएको बताएको छ । जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका– १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो । शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो । शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । यद्यपि सोमबार विश्वविद्यालयको भवन शिलान्यास भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७