साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध


१९ माघ २०८०, शुक्रबार
Sabitra

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएकी छिन् ।

फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई बाँकी र थप एक सिजनको लागि अनुबन्ध गरेको छ । क्लबले भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको जानकारी दिएको छ । सावित्रा क्लबसँग सम्झौता भएसँगै माघ १५ गते नै फ्रान्स प्रस्थान गरेकी थिइन् । सावित्राअनुबन्धित एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै हाल तालिकाको १०औं स्थानमा छ । १२ टोली सहभागिता रहेको लिगमा पुछारको दुई टोली रेलिगेसनमा पर्ने प्रावधान रहेको छ । लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ ।

यसै वर्ष मात्र युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी सावित्राले एक वर्षको अन्तरालमा दोस्रो ठूलो सफलता हासिल गरेकी हुन् । सावित्राले यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७