एसियन कप फुटबल : अस्ट्रेलियामाथि नाटकीय जित निकाल्दै दक्षिण कोरिया सेमिफाइनलमा


२० माघ २०८०, शनिबार
aus vs south korea

काठमाडौं । एसियन कप फुटबलमा दक्षिण कोरियाले नाटकीय जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । अधिकांश समय १–० को अग्रता बनाएको अस्ट्रेलियाविरुद्ध दक्षिण कोरियाले इन्जुरी समयको छैटौं मिनेटमा बराबरी गोल गर्दा जितका लागि निर्णायक गोल भने अतिरिक्त समयमा सम्भव बनाउँदै २–१ को जित निकाल्यो ।

दक्षिण कोरियाका लगि निर्णायक गोल गर्ने क्रममा सन ह्युङ मिनले अतिरिक्त समयमा आकर्षक फ्रिकिक गोल गरेका थिए । खेलको १०४ मिनेटमा सनले गरेको फ्रिकिक गोल अस्ट्रेलियालाई हराउन पर्याप्त बन्यो । खेलमा अग्रता भने अस्ट्रेलियाले ४२ औं मिनेटमा लिएको थियो ।

क्राइग गुडविनले नथानिल एटकिन्सनको क्रसलाई आकर्षक भलीमार्फत गोलमा परिणत गरेका थिए । तर इन्जुरी समयमा सनमाथि लेविस मिलरले फल गरेपछि पाएको पेनाल्टीलाई ह्वाङ ही छानले गोलमा परिणत गर्दा अस्ट्रेलिया सम्भावित जितबाट विमुख भएको थियो । खेलको अन्तिम समयमा अस्ट्रेलिया १० खेलाडीमा समेटिएको थियो । अस्ट्रेलियाका एइडन ओनील भिएआरको सहयोगमा गम्भीर फलका कारण रेडकार्ड खाएर अतिरिक्त समयको पहिलो इन्जुरी समयमा मैदानबाट बाहिरिएका थिए ।

अब अस्ट्रेलियाले फाइनल प्रवेशका लागि जोर्डनसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। जोर्डनले शुक्रबार नै भएको खेलमा ताजिकिस्तानलाई १–० ले हराएर अन्तिम चारमा पहिलो पटक स्थान बनाउन सफल भयो । प्रतियोगिताको सेमिफाइनल पुग्ने थप दुई टोलीको टुगो आज हुँदैछ । पहिलो खेलमा जापान र इरान ५ः१५ मा भिड्दा दोस्रो क्वाटरफाइनलमा उज्वेककिस्तान र कतार राति ९ः१५ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७