वोल्भ्ससँग चेल्सी स्तब्ध, माथेउस चुनाको ह्याट्रिक


२२ माघ २०८०, सोमबार
wolves

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत वोल्भ्सले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा वोल्भ्सले चेल्सीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । वोल्भ्सको जितमा माथेउस चुनाले ह्याट्रिक गरेका थिए भने एक गोल चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी चेल्सीका लागि कोल पाल्मर र थियागो सिल्भाले एक एक गोल गरेका थिए । यो जितपछि वोल्भ्सको २३ खेलमा ३२ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यसैगरी चेल्सीको भने यो यस सिङमा १०औ हार हो । २३ खेलमा ३१ अंक रहेको चेल्सी लिगमा ११औं स्थानमा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७