काग्लिअरीमाथि रोमा ४–० ले विजयी


२३ माघ २०८०, मंगलवार
Roma.jpg

काठमाडौं । इटालियन ‘सिरी ए’ अन्तर्गत एएस रोमाले काग्लिअरीमाथि शानदार जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा रोमाले काग्लिअरीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे भने लोरेंजो पेल्लेग्रिनी र डीन हुइजसेनले एक एक गोल गरेका थिए ।

रोमाले योसहित पछिल्ला चार खेलमा लगातार जित हासिल गरेको छ । यो जितपछि रोमा २३ खेलमा ३८ अंकसहित लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी काग्लिअरीको भने २३ खेलमा १८ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७